कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९ ) को कारण थप २३ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधवार नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ४३७ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९ हजार४३५ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

अहिलेसम्म नेपालमा १७ लाख वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?