काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगालाले नेपालमा भेटघाट शुरु गरेका छन् ।
आफ्नो दुई दिने नेपाल भ्रमणका लागि बिहीवार ११ बजे नेपाल आइपुगेका श्रृंगालाले दुई देशको प्रतिनिधिमण्ड स्तरीय भेटघाट गरेका छन् ।
उक्त भेटघाटपछि श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने कार्यक्रम तय भएको छ।
त्यस्तै उनले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
त्यस्तै आज नै प्रधानमन्त्रीसँगको भेटघाटपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
शुक्रवार भारत फर्किने श्रृंगलाले भोली नै गोरखा र मनाङमा केही कार्यक्रमहरुमा उपस्थित हुने कार्यक्रम रहेको बताएका छन् ।
गोरखामा भारतीय सहयोगमा बनिरहेको घरहरुको अवलोकन गर्नुका साथै तीन विद्यालयको उद्घाटन गर्ने र मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम रहेको उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया