काठमाडौं । सूडानका पूर्व प्रधानमन्त्री तथा नेशनल उम्मा पार्टीका अध्यक्ष सादिक महदीको कोरोना संक्रमणबाट निधन भएको छ ।
उनको बुधवार कोरोनाबाट निधन भएको हो । सूडानी मिडियाका अनुसार यो महिनाको शुरुवातमा उनलाई कोरोना संक्रमण भएको थियो ।
उनले यूएईमा अन्तिम श्वास लिए । उनी १९६६-६७ र १९८६-१९८९ सम्म सूडानको प्रधानमन्त्री बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया