प्रभाषका तीन फिल्ममा लाग्यो एक हजार करोड रुपैयाँ

काठमाडौं । बाहुबली सिरिजको ऐतिहासिक सफलता पछि बलिउड अभिनेता प्रभाषको चर्चा धेरै नै चल्यो । अ

ब उनी दक्षिण भारतका स्टार मात्र नभएरै पूरा भारतकै सुपरस्टार बनिसकेका छन् ।

प्रभाष अहिले तीन वटा फिल्ममा काम गरिरहेका छन् । उनका तीन फिल्ममा १ हजार करोड रुपैयाँ भन्दा धेरै खर्च भईरहेको छ ।

१ राधेश्याम

राधेश्यामको शूटिङ विदेशमा भएको थियो । फिल्ममा उनका साथमा पूजा हेगडे रहेकी छन् । यो फिल्मको बजेट २५० करोड रुपैयाँ रहेको छ । फिल्म २०२१ मा रिलिज हुँदैछ ।

२. आदिपुरुष

यो फिल्मको बजेट ४५० करोड रुपैयाँ रहेको छ । फिल्म २०२२ को ११ अगस्टमा रिलिज हुनेछ ।

३. मेगास्टार अमिताभ बच्चन र दीपिका पादुकोणसँग पनि उनको फिल्म रहेको छ । जसको बजेट ३०० करोडको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?