नेपाली बजारमा भित्रियो चीनमा निर्मित सोलार र विद्युतिय कार

काठमाडौं । अटो होस्ट प्रालिले बुधवार चिनमा निर्मित हिनान डेरी न्यू इनर्जि अटो मोबाइलको विद्युतिय सवारी साधन EM7 र EV7 गरि दुई मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपालमै पहिलो सोलार कार EM7 र विद्युतिय कार EV7 नेपाली बजारमा भित्रिएको छ । यी दुबै मोडलहरुमा इपीएस, पावर विन्डो, सेन्ट्रल लक, एलओइ हुविल्स, टच स्क्रिन, हिल एसिस्ट, स्र्पेर टायर जस्ता फिचरहरु उपलब्ध छन् ।

हाल यस EM7 को बिक्रिमूल्य २६ लाख ५० हजार रुपैयाँ र EV7 को बिक्रिमूल्य २५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । साथै पहिलो ५० बुकिङ गर्नेका लागि ५० हजार रुपैयाँ डिस्काउन्ट दिने अटो होस्ट प्रा.लीका अध्यक्ष सरोज थापाले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?