जर्मनीमा २० डिसेम्बरसम्म लकडाउन बढ्यो

काठमाडौं । कोरोना महामारीलाई मध्यनजर गर्दै जर्मनीमा २० डिसेम्बरसम्मका लागि लकडाउन बढाईएको छ ।

साथै बन्दाबन्दी जनवरीसम्म बढाइन सक्ने अनुमान गरिएको छ ।

फेडरल स्टेटको मिनिस्टर प्रेसिडेन्टको साथमा भएको मिटिङ पछि भर्चुअल प्रेस कन्फ्रेन्समा चान्सलर एन्जेला मर्केलले यो जानकारी दिएकी हुन् ।

जर्मनीमा अहिलेसम्म ९ लाख ८३ हजार जनालाई संक्रमण भएको छ भने १५ हजार मानिसको संक्रमणबाट निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?