भारतीय विदेश सचिवले नेपालीमै गरे कुराकानी : भने-‘न्यानो स्वागत र हार्दिकताको लागि धन्यबाद’ (भिडियो)

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

विदेश सचिव श्रृंगला बिहीवार बिहान चार्टर्ड विमान मार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा नेपाल आएका हुन् ।

उनले नेपाल आईपुगे पश्चात् नेपाली भाषामै सञ्चारमाध्यमसँग कुरा गर्दै न्यानो स्वागत र हार्दिकताको लागि धन्यबाद ज्ञापन गरेका छन् ।

सञ्चारमाध्यमहरुसँगको कुराकानीका क्रममा उनले पहिला पनि आफू काठमाडौं आएको र फरेन सेक्रेटरीको रुपमा पहिलो पटक नेपाल आएको उनले बताएक छन् ।

उनले भने-‘म पहिला पनि नेपाल आएको थिएँ, तर फरेक सेक्रेटरीको रुपमा भने पहिलो पटक नेपाल आएको छु, यो न्यानो स्वागतका लागि धन्यबाद छ, भारत र नेपाल पहिल्यैबाट निकटतम मित्र हो, दुई देशबीचको रिलेशनशीप कसरी अगाडि बढाउने भन्ने बारेमा मेरो धेरै मिटिङ हुन्छ, पहिला परराष्ट्र सचिव, त्यसपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ज्यूसँग भेटघाट हुनेछ, साथै अन्य पदाधिकारीहरुसँग पनि, कार्यक्रमहरुको बारेमा तपाईलाई थाहा नै छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?