२२ जेष्ठ २०८०, सोमवार

अत्यावश्यक सेवा क्षेत्रमा काम गर्नेहरुको दशैँ, क-सको कसरी बित्दै ?

२०७४,आश्विन,१३,शुक्रवार ११:१२

18
Shares

–नारायण अधिकारीचितवन, १३ असोज – चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरी सेवामा जागिर खाएको २३ वर्षमा १८ वटा दशैँ कार्यक्षेत्रमै मनाए । पाँचवटा दशैँ भने संयुक्त राष्ट्रसंघको मिसनमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा घरपरिवारसँग मनाउने अवसर मिल्यो ।थापाका अनुसार तीन वर्षको दशैँका बेला मिसनमा पाउने २५ दिनको बिदा मिलाएर उनी घर आए भने अख्तियारमा दशैँमा बिदा हुने गर्छ । अन्य सबै दशैँ सामान्य बेलामा भन्दा तनावै तनावमा बित्ने गर्छ । अरु सामान्य बेलामा कामको चाप कम हुने भएपनि दशैँको बेला अरु बढी सक्रिय हुनुपर्ने उनले बताए ।थापाले भने , “मेरोमात्रै होइन, हामी सबै सुरक्षाकर्मीको दशैँ कार्यक्षेत्रमै हुने गर्छ ।” त्यसो त अतिरिक्त सुविधा उनीहरुले पाउँदैनन् । तैपनि रमाएरै काम गर्नुपर्ने बाध्यता अत्यावश्यक सेवामा जागिर खानेहरुको छ ।चाडपर्वकै बेला चोरीडकैती बढ्ने, विशिष्ट व्यक्तिहरुको आवागमन र सुरक्षामा जुट्नु पर्ने हुँदा कामको चाप बढी हुने गरेको उनले बताए । उच्च पदका लागि मात्रै होइन, तल्लो तहका सुरक्षाकर्मीको दशैँ पनि यस्तै हुने गर्छ ।जिल्ला प्रहरी कार्यालय चितवनमै कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्काको दशैँ पनि थापाको जस्तै बित्ने गरेको छ । आलोपालो गरेर टीका लगाउन पाउने भएपनि अरुले झैँ घरपरिवारमा रहेर रमाएर दशैँ मान्न नपाएको खड्काले बताए । १६ वर्षे जागिर यात्रामा १६ वटा दशैँ बित्यो, तर अधिकांश कार्यक्षेत्रमा नै दशैँ बितेको उनले बताए ।नेपाल प्रहरी झैँ कामको चाप कम हुने भएपनि नेपाली सेनाको दशैँ पनि कार्यक्षेत्रमै बित्ने गर्छ । द फेमस महिन्द्र दल गण, भरतपुरका गणपति सुरेन्द्र सापकोटाको जागिर यात्रा २१ वर्ष पुगेको छ । राज्यको जिम्मेवारीसँगै गणमै रहेर अधिकांश दशैँ बित्ने गरेको उनले बताए । आलोपालो गरेर सेनाले भने छुट्टी पाउने गर्छन् । सुरक्षा निकायका सबैले गणभित्रै दशैँ मनाउने गर्छन् ।सुरक्षासँगै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको दशैँ पनि कामसँगै बित्ने गर्छ । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा रुद्र मरासिनी बहिरंग सेवाबाहेक अन्य सेवा निरन्तर हुने भएकाले पालो मिलाएर दशैँ मनाउनु पर्ने बाध्यता चिकित्सक र स्वास्थ्यकर्मीलाई रहेको बताउछन । अत्यावश्यक सेवा रोक्न नमिल्ने हुँदा चिकित्सक, स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनु पर्ने उनेल बताए ।फिजिसियन डाक्टर भोजराज अधिकारीले दशैँ भनेर ढुक्कसँग बस्न नपाइने बताए । भरतपुरको चौबीसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालका सञ्चालकसमेत रहेका अधिकारीले अस्पतालमा भएका बिरामीलाई उपचार गर्नै पर्ने र अत्यावश्यक सेवा रोक्न नहुने हुँदा कामसँगै दशैँमा रमाउनु पर्ने बताए ।त्यसो त सञ्चारमाध्यममा काम गर्ने पत्रकारको दशैँ पनि यसैगरी बित्ने गर्छ । विगत १० वर्षदेखि रेडियोमा कार्यरत भरतपुरका राजु सापकोटाले १० वर्षमा दुईवटा दशैँ मात्रै परिवारसँगै घरमा रमाएर बितेको बताए ।यो अवधिको अधिकांश समय भरतपुरको कालिका एफएममा बिताउनुभएका सापकोटाले समाचार संयोजकको जिम्मेवारी भएकाले पनि साथीभाइलाई बिदा मिलाउँदै आफू भने टीका लगाएर आएर अधिकांश दशैँमा समाचार बनाएर पढ्नु परेको बताए ।हाल डिम्स एफएममा कार्यरत सापकोटाले रेडियो टेलिभिजनमा काम गर्ने अधिकांशको दशैँ यस्तै रहने बताए । कालिका टेलिभिजनमा कार्यरत राजु थापाले दशैँ तिहारमा पालो गरेर काम गर्नुपर्ने भएकाले अरुको जस्तो ढुक्कले परिवारसँग दशैँ मनाउन आफूहरुले नपाउने बताए ।यस सँगसँगै सवारी चालकको दशैँ पनि कार्यक्षेत्रमै बित्ने गर्छ । ना ५ ख ५८३७ नंको बसका चालक दिलबहादुर तामाङको अधिकांश दशैँ कार्यक्षेत्रमै बित्ने गर्छ । छ वर्षदेखि गाडी चलाउँदै आउनुभएका तामाङले पालोमा नपरेको बेला भने रमाइलो गरी दशैँ मनाउने बताए ।नारायणगढ–बेनी बस चलाउँदै आउनुभएका ना ५ ख ३२४३ नंका बसका चालक दीपक राईले गाडी चलाएको २५ वर्ष भयो । सबै दशैँमा टीका लगाएर काममा जानु परेको उनले बताए ।टीकाको समयमा केहीबेर रोकिने भएपनि अधिकांश यात्रुबाहक सवारी दशैँका अरु समयका भन्दा बढी यात्रु लिएर सञ्चालन गर्नुपर्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१३,शुक्रवार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१