बुधवार कोरोनाबाट अमेरिकामा ६ मे यताकै सबैभन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १४ लाख २६ हजार ८२३ जनाको मृत्यु भएको छ भने ६ करोड ७ लाख १९ हजार ९३६ जनलाई संक्रमण भएको छ ।

त्यस्तै ४ करोड २० लाख ३० हजार २३४ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ४ हजार ३४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

विश्वमा बुधवार ६ लाख ९ हजार २०७ जनालाई संक्रमण भएको छ भने १२ हजार ७ जनाको मृत्यु भएको छ ।

जो एकैदिनमा मृत्यु भएका हालसम्मकै सबैभन्दा धेरै संख्या हो । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ६८ हजार २१९ जनाको मृत्यु भएको छ भने १ करोड ३१ लाख ३७ हजार ९६२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७८ लाख ५ हजार २८० जना संक्रमण मुक्त भएका छन् भने ५० लाख ६४ हजार ४६३ जना उपचाररत छन् ।

त्यस्तै २४ हजार १५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १२ लाख २६ हजार ८१९ जनालाई संक्रमण भएको छ भने २१ हजार ६१० जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ११ लाख ६४ हजार ५७४ जनालाई संक्रमण भएको छ भने १८ हजार ९८० जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ९ लाख ६१ हजार ६७६ जनालाई संक्रमण भएको छ भने १८ हजार २५५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बुधवार १ लाख ८० हजार ९०३ जनालाई संक्रमण भएको छ भने २ हजार ३०२ जनाको मृत्यु भएको छ । यो संख्या ६ मे यताकै सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?