कस्तो छ बिहीवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । बिहीवार १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ । बुधवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ १२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ १२ पैसा तोकेको छ । बुधवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०४ पैसामा कारोबार भएको थियो ।

बिहीवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । त्यस्तै बुधवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ १० पैसा र बिक्रीदर ३८८ रुपैयाँ ०६ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ४६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?