शरीरमा पाँच वटा गोली लागेको अवस्थामा युवक फेला

काठमाडौं । पाँच वटा गोली लागेका एक पुरुष दाङमा वेवारिसे अवस्थामा फेला परेका छन् ।

पाँच वटा गोली लागेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल फेला परेको प्रहरीले जनाएको छ ।

बुधवार राति साढे १० बजे दाङ लमही नगरपालिका–९ च्याउ खोला (जंगल) मा गोली लागेर गम्भीर घाइते भएको अवस्थामा पौडेल फेला परेका थिए ।

प्रहरीका अनुसार पौडेलको ढाडमा ३ वटा गोली र दायाँ खुट्टाको तिघ्रामा २ वटा गोली लागेको छ । यद्यपी कसले किन पौडेलमाथि गोली चलायो खुल्न नसकेको डीएसपी सिंहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?