भारतीय विदेश सचिव श्रृंगला आज नेपाल आउँदै, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदैछन्।

दुई दिने औपचारिक भ्रमणका लागि उनी आज ( बिहीवार) नेपाल आउन लागेका हुन्।

बिहान ११ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम तय भएको छ।

त्यस्तै विदेश सचिव श्रृंगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एशियन इन्स्टिट्युड अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुने भएका छन् ।

भोलि हुने सो कार्यक्रममा नेपाल(भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले आफ्ना भनाइ राख्ने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?