भारतमा कस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १४ लाख २६ हजार ८२३ जनाको मृत्यु भएको छ भने ६ करोड ७ लाख १९ हजार ९३६ जनलाई संक्रमण भएको छ ।

त्यस्तै ४ करोड २० लाख ३० हजार २३४ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ४ हजार ३४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

विश्वमा बुधवार ६ लाख ९ हजार २०७ जनालाई संक्रमण भएको छ भने १२ हजार ७ जनाको मृत्यु भएको छ । जो एकैदिनमा मृत्यु भएका हालसम्मकै सबैभन्दा धेरै संख्या हो ।

यसैबीच भारतमा हालसम्म १ लाख ३५ हजार २६१ जनाको मृत्यु भएको छ भने ९२ लाख ६६ हजार ६९७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८६ लाख ७७ हजार ९८६जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ५३ हजार ४५० जनाको उपचार भईरहेको छ ।

भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बुधवार भारतमा ४४ हजार ६९९ जनालाई संक्रमण भएको छ भने ५१८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?