उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा बिहीवारबाट शुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभा बिहीवार देखि काठमाडौंमा शुरु हुँदैछ । चुनावी साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वेभिनार’मार्फत् उद्घाटन गर्नेछन् ।

मंसिर ११ गते बिहान साढे ११ बजे उद्घाटन हुने साधारण सभामा मंसिर १२ गते जुम प्रविधिबाट हुने बन्दसत्र सञ्चालन हुने छ । यस्तै निर्वाचन तथा मतदान १३ गते विहान ८ बजेदेखि हुने महासंघको निर्वाचन समितिले जनाएको छ ।

उद्योग वाणिज्य समूहको मतदान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट सदस्य समूहतर्फको कार्की व्याङ्केट माइतीघरमा र वस्तुगत संघ समूहको महासंघको सचिवालय, टेकुमा हुने छ ।

भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको महासङ्घ सचिवालयले जनाएको छ।महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?