जाडोमा फेसन : मोटो र पातलो मानिसले कस्तो रङ प्रयोग गर्दा स्मार्ट देखिन्छ ?

काठमाडौं – जाडो बढेसँगै धेरैलाई चिन्ता हुन्छ – न्यानो लुगामा कसरी स्मार्ट देखिने ? अझ मोटो मानिसले कसरी स्मार्ट देखिने अनि पातलो मानिसले कसरी आफूलाई राम्रो देखाउने भन्ने एकखाले तनाव नै हुन्छ । यही तनाव हल गर्न हामीले विगत १४ वर्षदेखि फेसन क्षेत्रमा कार्यरत शिक्षा श्रेष्ठ लाई केही प्रशन राखेका थियौँ ।

हुनत  फेसनलाई लिएर हरेक व्यक्तिको आआफ्नै परिभाषा छ । कसैले ‘स्टाइल’लाई फेसन मान्छन् कसैले ‘ट्रेन्ड’लाई । यी सबै परिभाषामा पाइने एउटा समान तत्त्व हो, ‘कम्फर्ट’ । प्राय डिजाइनरले पनि भन्ने गरेका छन्, ‘लुगा जस्तो सुकै होस् लगाउनेले ‘कम्फर्टेबल’ फिल गर्नुप-यो ।’

शिक्षा पनि यही भन्छिन् । शिक्षा श्रेष्ठ विगत १४ वर्षदेखि फेसन क्षेत्रमा कार्यरत छिन् । नेवारी परिवारमा जन्मिएकाले उनलाई शुरुमा यस क्षेत्रमा लाग्न त्यति सहज नभएको उनी बताउँछिन् । यद्यपी, उनको फेसन क्षेत्रमा लाग्ने तीव्र चाहनाप्रति परिवार पनि विस्तारै ‘कन्भिन्स’ हुँदै गयो । भारतमा ५ वर्ष ‘फेसन डिजाइनिङ’ अध्ययन गरेर अन्ततः शिक्षाले आफ्नो सपना पूरा गरेरै छोडिन् । अहिले उनी ‘नेप्लीज फेसन होम’ का लागि कपडा डिजाइन गर्छिन् ।

Fall & Winter Fashion Trends for Curvy and Plus Size Women | LOOKBOOK - Huffing Post

आफ्नो चरित्र, बानीव्यवहार अनुसारको फेसन अपनाउनुपर्छ भन्ने शिक्षा चाहन्छिन् ‘फेसन धनी वर्गको जमातमा मात्रै सीमित नहोस् र फेसनेवल हुन धनी नै हुनुपर्छ भन्ने मानसिकता हटोस् ।’

The Skinny Girls Guide To Dressing This Winter

मोटो र पातलो मान्छेहरुले कस्तो रङ प्रयोग गर्दा ठिक हुन्छ ?

मोटोहरुले अलि मसिनो, मधुरो प्रिन्ट जसले गर्दा सेप अप देखियोस् । गाढा रङहरुको प्रयोगले अलि पातलो देखाउँछ । दुब्लो मान्छेहरुले ठूलो मोटो प्रिन्ट लगाउँदा राम्रो हुन्छ ।

होचोले अग्लो देखिन के गर्ने र अग्लोले कस्तो किसिमको लुगाा लगाउने ?

राम्रो देखिने नदेखिने यो सबै आँखाका प्रभावहरु हुन् । हामी डिजाइनरहरु पनि अग्लोलाई होचो र होचोलाई अग्लो बनाउने त होइन । तर कुन रङ प्रयोग गर्दा मान्छेको आँखामा बस्छ भन्ने हो । अग्लो मान्छेहरु अलि भाग्यमानी हो । उहाँहरुले जे पनि प्रयोग गर्न पाउने हुनुभयो । उहाँहरुले दुई÷तीन ओटा रङ प्रयोग गर्दा राम्रो देखिन्छ । हाइट अलि कम हुनेहरुले दुइवटा भन्दा धरै रङहरु प्रयोग गर्नु हुँदैन । सकेसम्म एउटै रङ्गको कपडा लगाउने । ‘भी’ गला भएको लुगा लगाउँदा घाँटी लामो देखिन्छ जसले होंचो मान्छेलाई केही अग्लो देखाउँछ ।

Tips to Select the Perfect Dress for Skinny Girls - K4 Fashion

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?