प्रा डा प्रसाईँको निधन

प्रा डा भीष्मराज प्रसाईँको मेडिसिटी इन्टरनेशनल हस्पिटलमा आज साँझ निधन भएको छ । उनलाई मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते सो हस्पिटलमा भर्ना गरिएको थियो ।

नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवत्र्तक मानिनुहुने उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन र त्रिविका शिक्षाध्यक्ष र राजपरिषद्का सदस्य पनि थिए ।

प्रा डा प्रसाईँका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् । उनी भानुभक्त पुरस्कार, त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित भएका साहित्यकार नरेन्द्रराज प्रसाईँले जानकारी दिए । उनानब्बे वर्षीय प्रा डा प्रसाईँका श्रीमती, दुई छोरी र एक छोरा छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?