मुख्यमन्त्री राउतद्वारा जानकी मन्दिर सौन्दर्यीकरणको स्थलगत निरीक्षण

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा जारी सौन्दर्यीकरण योजनाको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

प्रमुख सचिव अर्जुन पोखरेलसहितको टोली लिएर जानकी मन्दिर परिसर पुगेका मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरण योजनाको कार्य प्रगतिबारे जानकारीसमेत लिए । उनले सौन्दर्यीकरणसम्बन्धी निर्माण कार्य विवाहपञ्चमी महोत्सवअगावै पूरा गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए ।

निरीक्षण टोलीमा मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यम भुसाल, डिभिजिनल इञ्जिनीयर भगवान झासहितको सहभागिता थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?