पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या, चितवनमा उपचार हुँदै

काठमाडौं । पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या भएको छ ।

नारायणगढस्थित एक होटलमा मंगलवार साँझ गएर बसेका शाहलाई आज बुधवार साँझबाट छातीमा समस्या देखिएको हो । उनको अहिले उपचार भईरहेको छ ।

पहिलेदेखि नै मुटुमा समस्या रहेका शाहको छातीमा समस्या देखिएको छ । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा लैजाने तयारी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?