नेपाल आउने पर्यटकलाई अराइभल र भिजिट भिसा दिइने

काठमाडौं । सरकारले नेपाल आउने पर्यटक र अरू नागरिकलाई ‘अराइभल’ र भिजिट भिसा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्री परिषद बैठकले कोरोनाको कारण ध्वस्त पर्यटन उद्योगलाई उकास्ने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले कोरोनाको कारण लामो समयदेखि रोकिएको भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय पनि गरेको छ । तर उडानका लागि जनस्वास्थ्यसम्बन्धी सुरक्षाका ‘प्रोटोकल’ पालना गर्नुपर्नेछ ।

यस्तै बैठकले तीन जना सचिवको बढुवा पनि गरेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार सरकारले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?