काठमाडौं । लामो समय देखि बन्द रहेको भारत र बङ्गलादेशको उडान खुला गर्ने सरकारले निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गरेको प्रस्ताव पारित गर्दै नेपाल आउने पर्यटक र अरू नागरिकलाई ‘अराइभल’ र भिजिट भिसा दिने पनि निर्णय गरेको एक मन्त्रिले लोकपथलाई जानकारी दिए ।
त्यस्तै बैठकले तीन जना सचिवको बढुवा पनि गरेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार सरकारले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया