मन्त्रिपरिषद् बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । सरकारले भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भारत र बङ्गलादेशमा जनस्वास्थ्यसम्बन्धी सुरक्षाका ‘प्रोटोकल’ पालना गर्दै हवाई उडान खोल्ने निर्णय गरेको हो ।

यस्तै बैठकले नेपाल आउने पर्यटक र अरू नागरिकलाई अराइभल र भिजिट भिसा दिने पनि निर्णय गरेको छ ।

आजको बैठकले तीन जना सचिवको बढुवा पनि गरेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार सरकारले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?