नेकपा विभाजन हुने अवस्थामा पुग्दैन : मन्त्री त्रिपाठी

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नहुने बताएका छन् ।

स्वतन्त्र राजनीतिक समूह नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहेका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुने खतरा रहेकाले विभाजनको अवस्थामा नपुग्ने विश्वास व्यक्त गरे ।

आयोजक समूहका संयोजक त्रिपाठीले भने, ‘अहिलेको आवश्यक्ता भनेको वैचारिक÷राजनीतिक बहस हो, वैचारिक बहस भएमा मुलुक सही दिशातर्फ अग्रसर हुन्छ ।’ अर्को प्रसङ्गमा मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटेपछि संसद्को आगामी अधिवेशन बोलाइने जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?