दीपक मनाङेकी श्रीमती मूर्ति चोरेको अभियोगमा पक्राउ

काठमाडौं । मूर्ति चोरेको अभियोगमा दिक्षेन लामा पक्राउ परेकी छिन् । घरमा राखेको बुहुमूल्य धातुबाट बनेको मूर्ति चोरेको अभियोगमा मकवानपुर प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) की श्रीमती हुन् ।

जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी जारी गरेपछि मकवानपुरको हेटौँडाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउलगत्तै उनलाई कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?