राजनारायण पाठक काण्डमा मुछिएका लम्बोदर पक्राउ

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर कुमार न्यौपाने पक्राउ परेका छन् ।

बुधवार न्यौपानेलाई केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो ।

रामेछापको मन्थली घर भइ हाल काठमाडौं बस्दै आएका न्यौपानेलाई क्याम्पस संचालक समितीको अध्यक्ष हुँदा अनधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर ठगी गरेको आरोप रहेको छ ।

लम्बोदरले संगठित रुपमा ठगी गरेर क्याम्पसलाई ८ करोड २१ लाख र बेरुजु सहित २३ करोड दश लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।

उनीविरुद्ध अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकसँगै ‘घुस रिसवत’ मुद्धा दायर समेत भएको  छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस रिसवत सम्बन्धि मुद्धाको कसूरमा धरौटीमा रिहा भई उक्त मुद्धा बिचाराधिन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?