काठमाडौं । दोलखामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक सिपापोखरे गाउँपालिका-७ बस्ने २४ वर्षीय रबि दङ्गाललाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौडे दोलखाबाट खटिएको प्रहरीले दङ्गाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया