नेपालमा झन्डै २ लाख ८ हजारले जिते कोरोना, कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३८९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ९० हजार ५०९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६६९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?