चौंथो जितको खोजिमा लिभरपुल

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एटलान्टाको सामना गर्दै छ । लिभरपुलको घरेलु मैदानमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा लिभरपुल लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ । समूह डी मा रहेको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ । लिभरपुल समूहको शीर्ष स्थानमा रहेको छ ।

यस अघिको भेटमा लिभरपुलले एटलान्टालाई ५-० गोल अन्तरले पराजित गरेको थियो । यता, एटलान्टा भने अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।
एटलान्टा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?