कोरोनाबाट थप २८ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप २८ जनाको ज्यान गएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हिजो (मंगलवार) नेपालमा कोरोनाबाट २४ जनाको ज्यान गएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १४० रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ९० हजार ५०९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६६९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?