मन्त्री नेम्बाङ्गद्वारा पाँचथरको फालोटमा बीओपी उद्घाटन

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गले पाँचथरको फालेलुङ गाउँपालिका–४ (गोर्खेपानी) फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) उद्घाटन गरेका छन् ।

बीओपी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले सरकार मुलुक र जनताको सुरक्षामा अत्यन्तै संवेदनशील रहेको बताए । उनले भने, ‘एकैसाथ सयौँ बीओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालिएको छ ।’

मन्त्री नेम्बाङ्गले सिमित स्रोत साधनको बाबजुद धेरै बीओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सवल बनाउन, छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको बताए । “यो सरकारले एकैसाथ यति धेरै काम थालेपछि यो सरकार जनताको सुरक्षामा कति संवेदनशील छ भन्ने कुरा स्पष्ट हुन्छ”, उनले भने ।

पाँचथरका प्रतिधिनिसभा सदस्य समेत रहेका मन्त्री नेम्बाङ्गले सरकारले पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वद्र्धनमा थालेको पहल दूरगामी महत्वको रहेको बताए। एकैसाथ धेरै स्थानीय तहमा अस्पताल निर्माण गरिनु, सयौँ विद्यालयमा आइसीटी ल्याब स्थापना गरिनु लगायतले सरकार सबै क्षेत्रको समग्र विकासमा अग्रसर रहेको स्पष्ट भएको उहाँले उल्लेख गरे। मन्त्री नेम्बाङ्गले ९बीओपी० सहित सुरक्षा निकायलाई प्रविधि र पूर्वाधारयुक्त बनाई सुरक्षा निकायलाई सवल बनाउने उल्लेख गरे।

मन्त्री नेम्बाङले सरकार महामारीका बीच पनि समस्याग्रस्त क्षेत्रको सुधार गर्दै, पूर्वाधार विकास गर्दै समृद्धिको यात्रामा रहेको र आम नेपालीले यहि चाहेको भन्दै नेपाल कम्युष्टि पार्टी ९नेकपा० विभाजन नहुने स्पष्ट पारे ।

आज उद्घाटन भएको बीओपीमा १९ जना सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं. गुल्म फिदिममा प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिए।

मन्त्री नेम्बाङ्गले आजै याङवरक गाउँपालिका स्थित थर्पूमा स्वास्थ्यचौकी, फालेलुङ गाउँपालिका ५ स्थित प्राङबुङ्गका विद्यालयमा आइसीटी ल्याब तथा स्वास्थ्यचौकी र लुङरुपामा विद्युतिकरणको उद्घाटन गरेका छन्।

उहाँले विकास निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवा प्रवाह एवम नागरिकको समस्याहरुको विषयमा स्थानीयसंग छलफल समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?