च्याम्पियन्स लिग : रियल मड्रिड र इन्टर मिलान भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले इटालीको इन्टर मिलानसँग भिड्दै छ । इन्टरको मैदान सानसिरोमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

इन्टरविरुद्धको खेलमा रियलका स्ट्राइकर करिम बेन्जिमाले र कप्तान सर्जियो रामोसले खेल्ने छैनन् ।

रियलले ३ खेलमा मात्र ४ अंक जोडेको छ । समूह बी को रियल तालिकाको तेस्रो स्थानमा रहेको छ । इन्टर ३ खेलमा २ अंक जोडेर समूहको पुछारमा रहेको छ ।

यस अघि रियलको मैदानमा भएको खेलमा रियलले इन्टरलाई ३-२ ले हराएको थियो ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?