हेर्नुहोस् २०७७ साल मंसिर ११ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल मंसिर ११ गते । बिहीवार । इ.स.२०२० नोभेम्बर २६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । कार्तिक शुक्लपक्ष । तिथी– द्वादशी,अहोरात्र । नक्षत्र–रेवती,२२ बजेर ५८ मिनेट उप्रान्त अश्विनी । योग– सिद्धि,१० बजेर ११ मिनेट उप्रान्त व्यातिपात । करण–बव,१९ बजेर १९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन,२२ बजेर ५८ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३४ मिनेटमा, सूर्यास्त १७ बजेर ०६ मिनेटमा । दिनमान २६ घडी २० पला । हरिबोधनी एकादशी व्रत । तुलसी विवाह । भीष्मपञ्चक आरम्भ । चाँगुनारायण अखण्डदीप दर्शन ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पत्ती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनी लामो दुरिको विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेको छ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काम गर्ने विभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला । प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यवसायकै सवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेको छ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनः जोडिनेछन् । भौतिक तथा विलाशी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसी हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछन् ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा वौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यवसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आँट,साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक माहोलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यतित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तीव्र गतिमा अगाडि बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत वौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तीको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपाहार पाईनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?