काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत असोज २९ गते बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर फरार भएका काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृउत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।
बैंकका रकम झिक्ट गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहार गर्दा सुरक्षा गार्ड गम्भीर भएका थिए भने त्यसलगत्तै उनी फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया