आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । बर्दियामा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेपछि ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताउको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?