काठमाडौं । कपिलवस्तुमा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-१० भगवानपुरस्थित बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रधानाध्यापक कपिलवस्तु नगरपालिका-१मालटोल बस्ने ४० वर्षीय यम खानलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खानले मङ्सिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया