मन्त्री भट्टराईद्वारा कोरोना बीमा बापत प्राप्त रकम सर्वसाधारणका लागि खर्च

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कोरोना बीमा बापतको प्राप्त भुक्तानी रकम सर्वसाधारणमा खर्च गरेका छन् ।

मन्त्री भट्टराईले आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँले गृहजिल्ला ताप्लेजुङका ३०० जना न्यून आय भएका असहाय, विपन्न, मजदूर तथा विद्याथीहरुको कोरोना बीमामा खर्च गरेका हुन् ।

पर्यटनमन्त्री भट्टराईमा गत असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यद्यपी मन्त्री भट्टराई कोरोना मुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?