भारतीय विदेश सचिव श्रृङ्गाला भोली नेपाल आउँदै, के-के छन् कार्यक्रम ?

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला बिहीवार (भोली) नेपाल आउने भएका छन् ।

परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा बिहीवार दुई दिने नेपाल भ्रमणका लागि श्रृङ्गाला काठमाडौं आउन लागेका हुन् ।

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचार विमर्श हुने जनाएको छ।

बिहीबार नै विदेश सचिव श्रृङ्गालाले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड-१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विदेश सचिव श्रृङ्गाला मङ्सिर १२ गते नयाँदिल्ली प्रस्थान गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?