बाँके । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन आज बर्दियामा उद्घाटन गरिएको छ ।
दुईतले सो भवन दुई करोड लागतमा निर्माण भएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले भवन उद्घाटन गर्दै महिला तथा बालबालिकालाई दिइने सेवा प्रभावकारी बनाउनुपर्ने बताए।
जिल्ला कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले पहिले बर्दियामा आफ्नो भवन नरहेका बेला एक कोठाबाट मात्रै सेवा दिइएकामा अब आफ्नै भवनले सहज हुने बताएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया