अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

काठमाडौं । अर्थमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

नेता पौडेललाई आफ्नो निर्वाचन क्षेत्र जाने क्रममा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले कालो झण्डा देखाएको हो ।

बुधवार नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र रुपन्देही को सैनामैना माबिको रानिबगिया र पर्रोहा माबि मुर्गियाको नवनिर्मित भवन उद्घाटन जाने क्रममा कालो झण्डा देखाइएको हो ।

नेता पौडेल बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिएको र सरकारले एकपछि अर्को भ्रष्ट्राचार काण्डमा मुछिएको हुँदा कालो झण्डा देखाइएको विद्यार्थीहरुले बताएका छन् ।

स्रोतका अनुसार कालो झण्डा देखाउनेहरुलाई प्रहरीले सडकबाट हटाएसँगै अर्थमन्त्री पौडेल रुपन्देहीतर्फ लागेका छन् । तर कुनैपनि प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ नगरेको बुझिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?