काठमाडौं । कांग्रेस वरिष्ठ नेता र गुजरातबाट राज्यसभा सांसद अहमद पटेलको निधन भएको छ ।
उनको बुधवार ७१ वर्षको उमेरमा निधन भएको छ । उनी १ अक्टोबरमा कोरोना संक्रमित भएका थिए ।
उनलाई कोरोना संक्रमणले स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मेन्दाता अस्पतालमा १५ अक्टोबरमा भर्ना गरिएको थियो ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया