रोग प्रतिरोधात्मक क्षमता बढाउन तुलसीको पातका गज्जब फाइदा (भिडियोसहित)

काठमाडौं – कोरोनाको महामारीले विश्व आक्रान्त छ । यसविरुद्धको भ्याक्सिन र औषधीको खोजी भइरहेको भएतापनि खास उपलब्धी भने हात पार्न सकिएको छैन । नेपालमा पनि परीक्षणको दायरा बढाउनेबितिकै संक्रमितको संख्या तिव्र गतिमा बढेको छ । यसबाट बच्न लकडाउनको नीति लिईएको ७४ औँ दिन बितिसक्दा पनि अझै यो महामारी नियन्त्रणउन्मुख भएको छैन ।

बरु नेपालमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा हुनसक्ने फाईदाबारे चर्चा हुन थालेको छ । यसै सन्दर्भमा चिकित्सकले लोकपथलाई दिनुभएका टिप्सको आधारमा हामीले तुलसी पत्ताका फाईदाबारे यहाँ लेखेका छौँ ।

कहिलेकाँहि मानिसलाई शरीरमा अक्सिजन कमी हुने गर्छ । हिमाल चढ्दा, हिमालको नजिक जाँदा, लेक चढ्दा, उकालीमा र ट्रेकिङ जाँदा होस् या हाईकिङ कसैकसैलाई अक्सिजन कम भएजस्तै महशुस हुन्छ । श्वास फेर्न अप्ठेरो हुन्छ ।

विभिन्न उँचो भागमा रहेका तिर्थस्थल जाँदा पनि धेरैलाई लेक लागेर स्वास्थ्य समस्या सिर्जना हुन्छ । त्यसरी अक्सिजन कम हुनेले अब अचुक औषधीको खानी तुलसीको बास्ना लिँदा श्वासप्रश्वासमा सन्तुलन आउने अनुसन्धानबाट पत्ता लागेको छ ।

विभिन्न औषधीको काम गर्ने तु्लसी हिन्दु धर्मअनुसार हरेकको घरमा तुलसी रोपिन्छ । हिन्दुधर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी जस्ता हानिकारक किराहरु आउँदैनन् भन्ने विश्वास गरिन्छ ।

हामी आँगनको एक कुनामा तुलसी रोपेर यसको लाभ लिन सक्छौं । आँगनमा मठ राख्ने ठाउँ छैन भने कौसी वा छतमा पनि रोप्न सकिन्छ । यो सुगन्धित वनस्पतिले वायुमण्डलमा बहने दूषित हावालाई शुद्धीकरण गर्छ । तुलसी मात्र यस्तो वनस्पति हो, जसबाट आसपासको वातावरणमा विषाक्त कीटाणुनाशक गुण लगातार फैलिरहेको हुन्छ । घरमा यो रोप्दा दाहिनेतिर पार्ने गरीन्छ । यसले मानिसमा सकारात्मक उर्जा प्रदान गर्छ । नेपालीहरुले पूजाआजा गरेर यसको स्याहार गर्छन् कतै व्यवसायिक खेती पनि हुन्छ ।

लेकमा रहेका तिर्थस्थल पुग्नेहरुले पनि तुलसी सुँघ्दै जाँदा अन्य सिलिन्डर अक्सिजनको आवश्यकता नपर्ने अनुभव सुनाउँछन् ।

तुलसीको प्रयोगका साथै हरियो कागती सुँघ्ने, ग्लुकोज पानी खाने, बिरे नुन, मरिच, ज्वानो, अदुवा वा कुनै पाचक र पेट दुखेमा लसुन र तातोपानी खाँदा आराम हुने पनि बताइएको छ ।

अहिले कोरोनाको पहिलो लक्षणका रुपमा लिईने रुघाखोकी, हाच्छ्यु आउनु, खोकी लाग्नु तथा श्वासप्रश्वासमा आएका समस्यालाई हाम्रो भान्छाका बहुगुणी तत्वले भरीएका मसला तथा आँगनीमा रोपिने तुलसीले धेरै फाईदा पुर्याउँछ । यदि तपाईले तुलसीको पत्ता तातोपानीमा उमालेर खानुभयो भने यसले तपाईलाई निकै फाईदा पुर्याउँछ ।

नियमित तुलसी सेवनका फाईदाहरु
-रोग प्रतिरोधात्मक क्षमताको विकास यसको पात, डाँठ, फूल, दाना, जरा रसको रुपमा प्रयोग गर्न सकिन्छ ।

-स–साना बालबालिका, वृद्धवृद्धा र गर्भवतिका लागि विशेष फाईदा तर गर्भवस्थाका महिलाले धेरै प्रयोग नगर्ने, चिकित्सकसाग परामर्श लिने ।

-चिसोबाट बच्नका लागि निकै उत्तम ९यसको पात डाँठ जराको प्रयोग०

-टाउको दुख्ने समस्या समस्याबाट मुक्त हुन सकिन्छ।

-मुटुसम्बन्धी समस्या हुनेहरूले दैनिक रुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ ।

-मुख गनाउने समस्याबाट छुट्का

-तुलसीको पत्ता सेवन गर्नाले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मद्दत गर्छ।

-वान्ता रोक्न तुलसी पत्ताको रस प्रयोग गर्ने

-दाँतको दुखाइका लागि तुलसी लभदायक हुन्छ ।

-तनाव मुक्त गराउन तुलसीको पत्ता चुस्ने ।

-तुलसीको तापको नियमित सेवनले ढल्किँदै गरेको उमेरको लक्षणहरु तत्काल देखिन दिँदैन ।

-तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमकता बढ्छ ।

-कानको दुखाई चट्टै पार्न पनि यसको प्रयोग गरीन्छ ।

– यसको पत्ताको धुलो चियाको रुपमा सेवन गर्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :

 

 

हरेक वनस्पतिका फाईदा र बेफाईदा हुन्छन् । (यसको प्रयोग गर्दा गर्भवति, मधुमेहका रोगी,कलेजोका रोगीले चिकित्सकसँग सल्लाह गरेर आवश्यक परामर्शसहित प्रयोग गर्न सक्नुहुन्छ ।) साथै यसको प्रयोगले दाँतमा विभिन्न धब्बा बस्नसक्ने भएकोले नचपाई निल्न पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?