को थिए राजा हरिशचन्द्र , उनले श्रीमती र छोरालाई किन बेचे ?

काठमाडौं । भगवान श्रीरामको वंशमा हरिशचन्द्र नामका एक राजा थिए । उनी आफ्नो सत्यनिष्ठा र इमान्दारीताका कारण प्रख्यात थिए । एक पटक देवताहरुले उनीमाथि परीक्षा लिने सोचे ।

योजना अनुसार राजाले स्वप्नमा ऋषि विश्वामित्रले आफ्नो सारा राजपाट दान गरेको देखे । त्यसको भोलिपल्ट राजा सबै राजपाट छोडेर निस्किन लागेका थिए ।

त्यहि बेला विश्वामित्रले दक्षिणास्वरुप ५०० स्वर्ण मुद्रा मागे । त्यसपछि राजाले भने ५ सय किन ? तपाई जति चाहानुहुन्छ त्यति लिनूहोस् ।

त्यसपछि विश्वामित्रले भने राजपाट दान गरिसकेपछि सबै राजकोष मेरो भईसक्यो, मलाई तपाईले दिने छुट्टै दक्षिणा दिनुहोस् ।

किन बेचे श्रीमती र छोरो ?

त्यसपछि आफ्नो बोलि पुरा गर्न उनले आफ्नी श्रीमती र छोरालाई बेचे । तर पनि उनले ५ सय स्वर्ण मुद्रा पाएनन् ।

त्यसपछि उनले स्वयंलाई बेचे र सबै मुद्रा विश्वामित्रलाई दिए । उनले आफूलाई श्मशान घाटमा काम गर्नेलाई बेचेका थिए ।

त्यसपछि उनी त्यहि क्षेत्रमा काममा लागे । त्यसपछि समय बित्दै गर्दा उनको छोराको मृत्यु भयो । उनकी श्रीमती छोराको शव लिएर घाटमा पुगिन् ।

त्यो बेला राजाले जलाउनको लागि कर मागे । महिलासँग कर तिर्ने पैसा भएन । त्यसपपछि त्यहाँ पनि उनी सत्यको बाटोमा देखिएपछि भगवान स्वयं प्रकट चएर उनलाई इतिहासमा अमर रहने वरदान दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?