कुनैपनि हालतमा सरकार परिवर्तन हुँदैन : मन्त्री श्रेष्ठ

विराटनगर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् । विराटनगरमा मंगलबार संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफनो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने बताएका हुन् ।

जनताले पाँच वर्षे म्यान्डेड दिएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहने यो सरकारलाई कुनैपनि ताकतले पनि गिराउन सक्दैन । यो नेपाली जनताको माया र शक्तिमा अडिएको सरकार हो ।’

मुलुकको राजनिति स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमंत्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधि सम्म चल्ने उनको भनाइ थियो ।

उनले नेकपा ठूलो पार्टी भएकाले पार्टी भित्र केही असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व संक्षम रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?