यस्तो छ नेपालमा कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । देशभर आज थप एक हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८४३ को पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७९१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८५९ सक्रिय संक्रमित छन् ।

काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिए

काठमाडौं उत्यकामा थप ९४७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख चार हजार ६८२ पुगेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ६९२, ललितपुरका १९० तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौंमा ८४ हजार ५१७, ललितपुरमा १२ हजार ५७७ तथा भक्तपुरका सात हजार ५८८ संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ७६ हजार ४४२, ललितपुरमा १० हजार ८९७ तथा भक्तपुरमा छ हजार ८९३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौंमा ३३१, ललितपुरमा ९१ तथा भक्तपुरमा ८७ जनाको कोरोनाबाट ज्यान गएको छ ।

कोरोनाबाट थप २४ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या एक हजार ३६१ पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?