हामीले हरेक वर्ष कम्तीमा ४ लाख नयाँ रोजगारी श्रृजना गर्नु पर्नेछ : सौरभ ज्योती

प्रस्तुत कोइराला/काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, वित्त तथा बिमा समितिको सभापति रहेका सौरभ ज्योती एशोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यवसायिक घराना ज्योती समूहका निर्देशक सौरभ ज्योतीले महासंघको भूमिका पूरा गर्न आफ्नो व्यवसायलाई भन्दा धेरै जोड दिनु पर्ने धारणा राख्दै आएका छन् ।

प्रश्तुत छ किशोर प्रधान प्यानलका एशोसिएट तर्फका उम्मेद्वार सौरभ ज्योतीसँगको यो कुराकानी :

चुनाव मिति नजिकिँदै जाँदा लास्ट आवर तयारी कस्तो भइरहेको छ ?

अब लास्ट आवर तयारी पनि कसरी भन्नु आउँदो निर्वाचनका लागि करिव डेढ वर्षदेखि तयारी चलिरहेको छ । कोभिडको कारणले चैतमा हुने चुनाव केहि धकेलिएको मात्र हो । नत्र तयारीको कुरा गर्ने हो भने अघिल्लो कार्यकालका लागि नै म तयारी अवस्थामा थिएँ । तर सहमतिको आधारमा मैले एशोसिएटको उपाध्यक्ष छाडेको थिएँ । यस पटक फेरि थप तयारीका साथ म सोहि पदको लागि निर्वाचनमा उत्रिएको छु ।

चुनाव जित्नु भयो भने एशोसिएटको उपाध्यक्षको भूमीकामा महासंघमा के-के गर्नु हुन्छ ? खाका त तयार होला ?
मैले एशोसिएट तर्फको उपाध्यक्षमा उम्मेद्वारी दिएको छु । एशोसिएटको उपाध्यक्ष भनेको रोजगारदाता परिषद्को सभापति हो । तपाईलाई थाहा नै होला नेपालको श्रम ऐन अत्यन्तै कमजोर छ । लगानीको वातावरण अझै पनि बनेको छैन । वैदेशिक लगानीको वातावरण पनि कमजोर रहेको छ । यस्तो अवस्थामा देशमा लगानीको वातावरण खस्किरहेको छ ।

विश्व बजारमा वैदेशिक लगानी भित्राउने मुख्य भूमीमा श्रम ऐनले खेलेको हुन्छ । श्रम ऐन जति खुकुलो र प्रभावकारी बनायो त्यती नै वैदेशिक लगानी भित्रिन्छ । यसको लागि सरकारसँग छलफल गरेर निकास दिनुपर्नेछ । देशको व्यापार घाटा दिन प्रति दिन चुलिँदै गएको छ । यसलाई टेवा पु¥याउनु ठूलो चुनौती रहेको छ तर असम्भव भने छैन । उद्यमशीलता, आत्मनिर्भर अर्थतन्त्रको नीति लिएर अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।

महासंघ, ट्रेड युनियन र सरकारबीचको समन्वयले ३ पक्षबीच एक वीन वीन सिचुएशन बनाएर अगाडी बढ्न सकिन्छ । हाम्रो टीमले यो सिचुएशनलाई ब्यालेन्स गर्न १० वर्षको रणनीति लिएको छ । भाबी अध्यक्ष शेखर गोल्छासँग हाम्रो १० वर्षीय राणनीति बनेको छ । मेरो व्यक्तिगत मान्यता भनेको व्यापारीले मान सम्मान र सुरक्षा पाउनुपर्छ भन्ने हो, सरकारबाट आम सर्वसाधारणबाट पाउनु पर्छ । तर यसको शुरुवात आफ्नै घरबाट हुनुपर्छ । हामी आफैँले एक अर्कालाई मानसम्मान दिदैनौँ भने जनता र सरकारल कसरी दिन्छ । तर यती भनिरहँदा चुनावबीचमा गुटबन्दी देखिए पनि चुनाव पछि हामी सबै एक हौँ । मानसम्मान पनि दिएका छौँ । त्यस्तो आरोप प्रत्यारोप, गाली गलोज पनि भएको छैन ।

कोभिडको समस्याले महासंघलाई कमजोर बनाएको छ, देशमा भर्खरै अर्थमन्त्री पनि परिवर्तन हुनु भएको छ । अब निर्वाचन लगत्तै तपाईहरुले गर्ने काम के-के हो ?

तपाई एउटा कुरा के जान्नुहोस् भने यो राजनीतिक लडाई होइन । महासंघमा राजनीति हुँदैन । महासंघ परिणाममुखी संस्था हो । राज्यको समग्र व्यवसायीको हकहीत संरक्षण गर्ने संस्था हो । अहिले कोभिडले उद्योग व्यवसायहरु धरासायी बनाएको छ । यस विषयमा छिटो भन्दा छिटो काम गर्नु पर्ने छ । हामीलाई भि सेपको आर्थिक रिकभरी गर्नु छ, हरेक वर्ष कम्तीमा ४ लाख नयाँ रोजगारी श्रृजना गर्नु पर्नेछ । डबल डिजिटको आर्थिक वृद्धि हामीलाई चाहिएको छ । अबको १० वर्षमा रोजगारीको क्षेत्र कस्तो हुन्छ र कस्तो सिपको आवश्यक्ता पर्दछ । प्रविधि र आवश्यक्ता बढीरहेको समयमा अहिलेको सिप सिकाईमा के(के परिवर्तन आवश्यक छ । विश्वविद्यालयसँगको समन्वयमा नयाँ सिपहरुको विकास गर्न सकिन्छ । साथै कृषिमा व्यवसायीकरण र पूर्वाधार विकासमा विशेष महत्व दिने समय पनि आएको छ ।

अबको युग भनेको इ जब्सको हो । सबैलाई एकिकृत ढङ्गले अगाडी बढाउनु पर्नेछ । हामीसँग १० वर्ष काम गर्ने खाका तयार भएको छ । प्रत्येक ३(३ वर्षको योजना सहित १० वर्षको भिजन हामीले तयार पारेका छौँ । अर्थमन्त्रालय मात्र होइन, नेपाल सरकारसँग रोडम्याप तयार पारी सहज रुपमा लगानीको वातावरण बिस्तार गर्न सकिन्छ । यसको लागि महासंघको कमी कमजोरीहरु हटाउन आवश्यक छ । महासंघको आन्तरीक झगडा, महासंघ सचिवालय, एजेन्डा, डेटा सेन्टर, प्रोफेश्नालिजम, थिङ ट्याङ्कहरुको परिवर्तन अबको आवश्यक्ता हो ।

तपाईको चुनाव जित्ने सम्भावना कतिको छ ? नीति र रणनीति कसरी तयार गर्नुभएको छ ?

चुनावमा कोही पनि व्यक्ति उठेपछि चुनाव जित्छु भनेरै उठेका हुन्छन् । म जुन प्यानलबाट उठेको छु त्यहाँ डाइभर्सिफाइड क्षेत्रका सक्षम व्यक्तिहरु हुनुहुन्छ । जोसँग भिजन र होलिस्टिक एप्रोचबाट समस्याको समाधान गर्ने क्षमतावान व्यक्ति छन् । साथै लिडरशिपको परिभाषा समेत परिवर्तन भएको छ । लिड गर्नु भनेको आदेशमात्र दिनु होइन, सबैको सल्लाह सुझावलाई संकलन गरेर क्षमता वृद्धि गराउनु हो । जुन नयाँपनको लागि हामी तयारी अवस्थामा रहेका छौँ । नेपाल सरकारसँग नजिकै बसेर काम गर्ने क्षमता हाम्रो छ । राजनीतिलाई अगाडी बढाउन पनि अर्थतन्त्र चाहिने भएकोले समन्वय र सहकार्य मार्फत् हासील गर्न सकिन्छ । अर्को कुरा हामीसँग धेरै पार्टनरहरु छन् जोसँग डेटाहरु उपलब्ध छन् हामी त्यसलाई उपयोग गरेर योजनावद्ध ढङ्गले अगाडी बढ्न सक्छौँ । मसँग यस्तौ योजना र एजेन्डाहरु रहेका छन् । चुनाव जित्ने र हार्ने भनेको मतदाताहरुको हातमा रहेको छ ।

निर्वाचन मिति नजिँकिदै जादाँ हार्टविट कतिको बढेको छ ?

अफर्कोश हार्टबिट त स्वभाविक रुपमा भई नै हाल्छ । अहिले एशोसिएट तर्फ ९२६ जना सदस्य रहेका छन् । सबैले आ(आफ्नो व्यवसाय सक्षम ढङ्गले चलाइरहेका छन् । उनीहरुको नेतृत्वको लागि कस्तो व्यक्ति आवश्यक छ भन्ने उनीहरुलाई राम्रोसँग थाहा छ । बोली त सबैको मिठो हुन्छ, तर काम र विगतको पर्फर्मेन्स मूल्याङ्कन गर्ने क्षमता पनि उनीहरुमा रहेको छ । ‘राईट म्यान एट राईट जब’ को हुनसक्छन् भन्ने उनीहरु आफैँले मूल्याङ्कन गर्ने सक्छन् । मेरो २० वर्षको इतिहासमा सुरज वैध अध्यक्षहुँदा युवा प्रोत्साहान, मेड इन नेपाल जस्ता क्याम्पेनहरु गरिएको थियो जुन अत्यन्तै फलदायी पनि थियो । मैले ४ वटा कार्यकालमा ४ वटा समितिको सभापतित्व गरेँ, अवार्ड वितरणदेखि कर ट्याक्सको विषयमा सहजीकरण देखि अहिलेको मौद्रिक नीति समेतमा भूमीका रहेको छ । बजेट र मौद्रिक नीतिले केही हदसम्म त्यो सम्बोधन गरे पनि कार्यन्वयनको लागि हामी अझै लडिरहेका छौँ । हामीले बोलेको कुराहरु पु¥याएका छौँ । हाम्रो इन्ड एजेन्डा भनेकै देशको आर्थिक गतिविधिलाई सबल बनाउँदै पूँजी र रोजगारी श्रृजना गर्नु नै हो र हामी त्यसको लागि सक्षम पनि छौँ ।

अन्त्यमा आफ्ना सहकर्मी, महासंघ पदाधीकारी एवम् सदस्यहरुलाई के भन्न चाहनुहुन्छ ?

हामी यहाँ तपाईहरुको सेवा गर्नका लागि आएका हौँ । हामीलाई सपोर्ट गर्नुहोला । हाम्रो व्यक्तिगत स्वार्थ केहि पनि रहेको छैन । अबको कार्यकाल देखि ९२० एशोसिएट सदस्यबीच वर्षमा कम्तीमा ४ पटकसम्म मिटिङ गरेर सेवा गर्ने योजना बनाएका छौँ । समितिसँगै उप समितिको निमार्ण गरेर सुझाव संकलन गरि लिड गर्ने हाम्रो एजेन्डा रहेको छ, त्यस कारण हामीलाई सेवा गर्न पूर्ण सहयोग गरिदिनु हुन आग्रह गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?