टोकियो ओलम्पिकमा सहभागी हुने कराते खेलाडीहरुलाई खेल सामाग्री प्रदान

काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली कराते टोलीका खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरी कराते टोलीका दुई खेलाडी र एक जना प्रशिक्षक गरी तीन जनालाई खेलसामाग्री वितरण गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहभागी कार्यक्रममा विनोद महर्जन र रवि महर्जनले केल्मीको जुत्ता, ट्रयाक्सुट र ब्याग प्रदान गरे ।

कोभिडको समयमा कुनै पनि खेलकुद प्रतियोगिताहरु सञ्चालन हुन नसकेको अवस्थामा खेलाडीहरुलाई भएको सहयोग र प्रोत्साहनले ठूला हौसला प्रदान भएको प्रशिक्षक दीपक श्रेष्ठले बताए ।

खेलाडीहरु नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई सामग्री प्रदान गरिएका हो । महर्जनले ट्रयाकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामाग्री प्रदान गरे । उनी ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष समेत रहेका छन् । यस्तै रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गर्नुभयो । उहाँ आठौं दक्षिणकाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?