भारतीय विदेशमन्त्रीको विदेश भ्रमण

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकर बहराइन, युनाइटेड अरब इमिरेट्स र सेसाइल्सको भ्रमणमा जाने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विदेश मन्त्री जयशंकर मंगलवारदेखि नै ती देशको भ्रमणमा जान लागेका हुन् ।

उनले ती देशमा पुगेर त्यहाँका कार्यकारी प्रमुखहरुसँग आपसी भेटवार्ता गर्नुहुने भएको पनि समाचारमा जनाइएको छ । भारतको विदेश मन्त्रालयले सोमवार एक विज्ञप्ति प्रकाशन गरेर यही नोभेम्बर २४ देखि २९ सम्म विदेशमन्त्री जयशंकरले ती देशहरुको भ्रमण गर्ने जानकारी दिएको छ ।

सो विज्ञप्तिमा उनले मंगलवारदेखि बुधवारसम्म उनले बहराइनको भ्रमण गर्नुहुने छ । उहाँले बहराइन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री खालिफा बिन सलाम अली खालिफाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।

उनको असामयिक निधनप्रति विदेशमन्त्री जयशंकरले आफ्नो व्यक्तिगत तर्फबाट तथा भारत र भारतीय नागरिकका तर्फबाट पनि श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

त्यसपछि उनी संयुक्त अरब इमिरेट्स पुग्नेछन् । त्यसैगरी उनी यस भ्रमणको अन्तिममा सेसाइल्स पुग्नेछन् ।

सेसाइल्समा उनले सो देशका हालै निर्वाचित राष्ट्रपति वेवल रामकलवानसँग भेटवार्ता गर्ने कार्यक्रमा रहेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?