निकारागुवामा भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु, २५ घाइते

मनागउ । निकारागुवामा मंगलवार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सडक दुर्घटनामा परेको थियो । उक्त क्षेत्रको वासलाहामा यात्रुबाहक सवारी दुर्घटना हुदा ती व्यक्तिको ज्यान गएको हो ।
यात्रुहरु लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ ।

घाइतेहरुको उपचार जारी रहेको बताइएको छ । वासाला नगरका प्रमुख जर्मन भर्गासले उक्त क्षेत्रमा भएको सो दुर्घटना खतरनाक रहेको बताएका छन् ।
त्यस दुर्घटनाको अनुसन्धान शुरु भएको पनि उनले जानकारी दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?