यस्तो छ काठमाडौं उपत्यकामा कोरोना महामारीको हालसम्मको सम्पूर्ण विवरण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९४७ जनालाई कोरोना संक्रमण भएको छ ।

जसमध्ये ४१० जना महिला र ५३७ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्लामा मात्रै ७ हजार ७४४ सक्रिय केस रहेका छन् भने ७६ हजार ४४२ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ३३१ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६ हजार ८९३ जना निको भएका छन् । त्यस्तै हालसम्म ८७ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ५८८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ललितपुरमा १ हजार ५८९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै १० हजार ८९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९१ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १२ हजार ५७७ जनालाई कोरोना संक्रमण भएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३६१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ७९१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ८१ हजार २९९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६२७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?