च्याम्पियन्स लिग फुटबल : पीएसजीलाई लाइपजिगको चुनौति

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाइपजिग भिड्दै छन् । पीएसजीले घरेलु मैदानमा लाइपजिगसँग खेल्नेछ । पीएसजी र लाइपजिगबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

समूह ‘एच’ मा रहेको पीएसजी घरेलु मैदानमा जित निकाल्दै समूहको शीर्ष दुई भित्र उक्लन चाहन्छ । लाइपजिग पीएसजीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

पीएसजी ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लाइपजिग ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?