नेपालमा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ हजार ७९१ ले जिते कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३६१ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ८१ हजार २९९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६२७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?